spot_img

बैतडीमा जिप दुर्घटना,चालकको मृत्यु

- Advertisement -

बैतडी, फागुन ९ गते ।

बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी नायव निरीक्षक सुरज सिंहका अनुसार बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप राति करिब ११ बजेतिर सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा परी जिप चालक २६ वर्षीय केशवसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो।

मृतकको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीमा राखिएको छ। आजै पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्रामीण भित्री सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img