spot_img

बैतडीमा प्रतिनिधिसभा निर्वाचनका मतपत्र र सामग्री आइपुग्यो

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

केशव भट्ट, बैतडी, फागुन ७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा मतपत्रसहित आवश्यक निर्वाचन सामग्री आइपुगेका छन । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्ला
आइपुगेका मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले बताउनुभयो ।प्रत्यक्षतर्फ एक लाख ६८ हजार र समानुपातिकतर्फ एक लाख ७१ हजार मतपत्र प्राप्त भएको वहाँले बताउनुभयो ।

दुवैतर्फका मतपत्र सुरक्षित रूपमा कार्यालयमा राखिएको र आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मतदान केन्द्रमा पठाइने तयारी गरिएको अधिकृत भट्टले बताउनुभयो ।निर्वाचन सञ्चालनका लागि आवश्यक अन्य सामग्रीसमेत जिल्ला आइपुगेको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो।

मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने भएकाले त्यसबाहेकका सामग्री निर्वाचन आयोग बाट प्राप्त भएको उहाँले बताउनुभयो ।आयोगबाट प्राप्त सामग्री रुजु गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित राखिएको र छिट्टै मतदान केन्द्रमा पठाइने जनाइएको छ ।

निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा कुल एक लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ । जिल्लामा एक अस्थायी केन्द्रसहित २१५ मतदान केन्द्र तोकिएका छन् ।

कुल १२९ मतदानस्थलमध्ये ३३ मतदानस्थल अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य सूचीमा वर्गीकरण गरिएको जनाइएको छ ।निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा तयारीका काम तीव्र रूपमा अघि बढाइएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img