spot_img

माघ महिनामा बैतडीमा चार जना फरार प्रतिवादी पक्राउ

- Advertisement -

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले गएको माघ महिनामा चार जना फरार प्रतिवादी पक्राउ गरेका जनाएको छ। जिल्लाका विभिन्न स्थानबाट चालु मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका फरार प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको थियो। यस्तै प्रहरीले एक महिनाको अवधिमा समुदाय र विद्यालय केन्द्रित १ सय ३३ ओटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

१ सय १६ ओटा कार्यक्रम समुदाय केन्द्रित र १७ ओटा कार्यक्रम विद्यालय केन्द्रित सञ्चालन गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो।

प्रहरीले सञ्चालन गरेका कार्यक्रमबाट ६ सय ५७ जना महिला र १ हजार ४ सय१८ जना पुरुष लाभान्वित भएका प्रहरी निरीक्षक सिहंले जानकारी दिनुभयो ।

प्रहरीले सञ्चालन गर्ने कार्यक्रमहरु अपराध न्यूनीकरणमा केन्द्रित रहेको बताएका छन्। समुदायमा हुन सक्ने विभिन्न अपराधहरु न्यूनीकरणका लागि प्रहरी र समुदाय मिलेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएका प्रहरी निरीक्षक सिंहले वबताएका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img