बैतडीमा कांग्रेसमा नयाँ उम्मेदवार पाएको भन्दै गाउँ-गाउँका कार्यकर्तामा उत्साह

- Advertisement -

बैतडी, फागुन ४गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीमा नयाँ अनुहारलाई उम्मेदवार पाएको छ। पार्टीले यसपटक संगठन सुदृढीकरण र विकास एजेन्डालाई प्राथमिकता दिँदै नयाँ नेतृत्व अघि सारेको बताएको छ।

कांग्रेसले बैतडी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कृकेट संघ (क्यान) तथा नेपाली कंग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दलाई उम्मेदवार बनाएको हो।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका चन्द सामाजिक र राजनीतिक क्षेत्रमा स्थापित व्यक्तित्वका रूपमा चिनिन्छन्।

पार्टीका जिल्ला सभापतिले नयाँ उम्मेदवार चयनले कार्यकर्तामा उत्साह थपिएको जनाएको छ। यसपटक बैतडीमा कांग्रेसले विकास, सुशासन र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएको नेपाली कंग्रेस बैतडीले जनाएको छ।

उम्मेदवार चन्दले आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई जनताको विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ।

अघिल्लो निर्वाचनमा बैतडीमा कडा प्रतिस्पर्धा भएको थियो। यसपटक नयाँ अनुहारसँगै कांग्रेसले मत परिणाम आफ्नो पक्षमा पार्ने दाबी गरेको छ। यस्तै जिल्लामा विभिन्न तहमा प्रचारप्रसार समिति गठन गरी चुनावी अभियान तीव्र पारिएको छ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश