spot_img

राप्रपा सुर्नया–४ का पुर्व वडा सभापति महरा कांग्रेस प्रवेश

- Advertisement -

बैतडी, माघ
२९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्नया गाउँपालिका–४ का निवर्तमान वडा सभापति गणेश महरा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।

सुर्नया–८ मा हिजो आयोजित कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चतुरबहादुर चन्द र जिल्ला कार्यसमितिका उपसभापति वीरबहादुर विष्टले टीका लगाएर महरालाई पार्टीमा स्वागत गर्नुभएको हो।

उक्त अवसरमा लालबहादुर बोहरा लगायतका केही व्यक्तिहरूले पनि पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको नेपाल विद्यार्थी संघ सुर्नया गाउँपालिका संयोजक जयन्तप्रसाद भट्टले जानकारी दिनुभयो।

यो संगै बैतडीमा कांग्रेसप्रति बढ्दो उत्साह देखिन थालेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img