spot_img

उच्च निष्ठाले मात्र न्याय सेवा सरल र प्रभावकारी बन्छ : प्रधानन्यायाधीश राउत

- Advertisement -


केशवराज भट्ट, वाशुलिङ्ग बैतडी माघ २३ गते ।

जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्घाटन गर्न बैतडीको गढी पुगेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता, इमान्दारिता र निष्ठापूर्वक काम गरेमामात्र न्याय सेवा सरल, छरितो र कम खर्चिलो बन्ने बताएका छन् ।

न्यायालयप्रति नागरिकको भरोसा मजबुत बनाउन न्यायिक निकायमा कार्यरत सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अदालत नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले पछिल्लो समय न्याय क्षेत्रमा भौतिक तथा प्रविधिगत पूर्वाधार विस्तार हुँदै गएको उल्लेख गर्नुभयो।

तर, गत भदौ २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न २३ वटा अदालतका भवनमा रहेका हजारौं कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित उपकरणमा क्षति पुगेकाले पूर्वाधार विकासलाई थप चुनौती सिर्जना भएको पनि उहाँले बताउनुभयो ।

नवनिर्मित भवन सञ्चालनमा आएपछि जिल्ला अदालतको न्यायिक तथा प्रशासनिक कामकारबाही थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले सेवाग्राहीमैत्री वातावरण सुदृढ भई सर्वसाधारणको न्यायमा पहुँच अझ सहज हुने बताएका छन्।

भवनसँगै सेवा प्रवाहको गुणस्तर सुधार हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले पारदर्शिता र समयमै न्याय सम्पादनमा जोडदिनु पर्ने बताएका छन।

प्रधानन्यायाधीश राउतले न्याय सेवा सरल र कम खर्चिलो बनाउन प्रक्रियागत सुधार, प्रविधिको सदुपयोग र उच्च नैतिक आचरण अनिवार्य रहेको बताउनभयो।

यसका लागि न्यायाधीश, कर्मचारी र सरोकारवाला सबैले साझा प्रतिबद्धताका साथ काम गर्नुपर्ने उनको भनाइ थियो ।

जिल्ला अदालत बैतडीको पाँचतले भवन २०७७ सालमा ११ करोड ३५ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको थियो ।

निर्माण कार्य गत असार महिनामा सम्पन्न भई औपचारिक रूपमा सञ्चालनमा आएको उक्त भवनबाट अब न्यायिक तथा प्रशासनिक सेवा थप व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने अपेक्षा समेत गरिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img