spot_img

बैतडीमा बस दुर्घटना अपडेट: आठ जनाको मृत्यु, ४५ जना घाइते

- Advertisement -

केशव भट्ट, बैतडी माघ २२ गते । बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

दुर्घटनामा परेर छ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो।

बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ। अँध्यारोका कारण उद्धारमा कठिनाइ भइरहेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरले जानकारी दिनुभयो।

बसमा २७ पुरुष र १८ महिला गरी जम्मा ४५ जना सवार रहेका थिए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताउनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img