spot_img

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

- Advertisement -

वाशुलिङ बैतडी, माघ ८ गते । बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

धनगढी बाट दार्चुलातर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्र्याक्टर आज बिहान करिब ९ः३० बजे पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी दार्चुला जिल्लाका अन्दाजी २०–२१ वर्षका करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा चालकसहित चार जना सवार थिए ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img