spot_img

बैतडीमा बोलेरो जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

- Advertisement -

केशवराज भट्ट, वाशुलिङ्ग /बैतडी पुस २८ गते । बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक सोमबार बिहान भएको दुर्घटनामा जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन्।

सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ बर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन्। घाइतेहरूको संख्या यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। केही यात्रुको अवस्था गम्भीर रहेको जनाइए पनि विस्तृत स्वास्थ्य अवस्था र उपचार विवरण आउन बाँकी छ।

घटनापछि स्थानीयवासी र प्रहरी टोली उद्धार कार्यमा खटिएका थिए । घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा लगिएको र गम्भीर अवस्थाका यात्रुलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img