back to top
Home घटना बैतडी कारागारबाट भागेका एक जना कैदी अझै फरार

बैतडी कारागारबाट भागेका एक जना कैदी अझै फरार

0
83

वाशुलिङ-बैतडि : जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना कैदीबन्दी राजेश लुहार अझै फरार रहेका छन्।

जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका पाटन नगरपालिका–३ का लुहार हालसम्म पक्राउ नपरेको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिनुभयो ।

फरार लुहारको खोजी तीव्र पारिएको भए पनि उनी हालसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो । घटनापछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै फरार कैदीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रहसमेत गरेको छ।

स्वेच्छिक रूपमा सम्पर्कमा नआए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फरार कैदीका कारण सुरक्षा चुनौती थपिएको प्रशासनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here