बैतडी,: रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा सहभागी बैतडीको मेलौली नगरपालिका–७ काँडाका करिब ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ।
डिएनए परीक्षणबाट भाटको मृत्यु पुष्टि भए पनि घटनाको मिति भने खुल्न सकेको छैन। करिब दुई वर्षअघि रुसी सेनामा भर्ती भएका उनी पछिल्लो समय परिवारको सम्पर्कमा थिएनन्।
मृत्युको जानकारी शुक्रबार मात्रै परिवारलाई प्राप्त भएको वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र भट्टले बताए।
मृतक भाटको परिवारमा आमा–बुवा, भाइ र श्रीमती छन्। यसअघि मेलौली–९ असुरका अर्जुनदत्त भट्टको पनि रुसी सेनामा रहँदा मृत्यु भएको पुष्टि भइसकेको थियो।











