बैतडी :यही माघ २७ देखि ३० गतेसम्म पाठेघरको क्यान्सरविरुद्ध दिईने एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउन बैतडीको सुर्नयापालिकाले सवैलाई आग्रह गरेको छ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरुलाई एचपिभी खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सर निवारण गर्नमा योगदान पुर्याउने अभियानको लक्ष्य रहेको छ।
सुर्नया गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकामा माघ २७ देखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ।
पालिकाभित्रका सामुदायिक विद्यालयका कुल १ हजार ८४ जना छात्रा लाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा राम सिंह महराले बताए । उनका अनुसार खोप अभियान सञ्चालनका लागि पालिका भित्र २७ वटा खोपकेन्द्र निर्धारण गरिएको छ।
पालिका भित्रका सामुदायिक विद्यालय तथा स्वास्थ्य केन्द्रलाई खोपकेन्द्र निर्धारण गरिएको हो। जसका लागि २७ जना स्वास्थ्यकर्मी ५४ जना स्वयमसेविका परिचालन गरिने शाखा प्रमुख महराले बताउनुभयो ।
सुर्नया पालिकाका उपाध्यक्ष मन्जु महराले पाठेघरको क्यान्सर जटिल समस्याका रुपमा देखिएकाले यसको विरुद्ध सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सवैको दायित्व हुने बताइन्।
खोप लगाउन छुटेकाहरुलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट लगाउने योजना रहेको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।










