दुर्घटनामा श्रीमानको मृत्यु भएसंगै घरबारविहीन भएकी जानकी छिमेकीको घरमा किरिया बस्दै

- Advertisement -

बैतडी २६ मङ्सिर ।
बैतडीको सुर्नया गाउँपालिका–४ की जानकी महरा श्रीमानको मृत्यु भएपछि पूर्ण रूपमा घरबारविहीन बनेकी छन्। मङ्सिर १८ गते राति सुर्नया–५ कठेगौडामा भएको मिनिट्रक दुर्घटनामा २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएपछि जानकी छिमेकीको घरमा किरिया बस्न बाध्य भएकी हुन्।

सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनिट्रक दुर्घटनामा चालकसमेत रहेका नरेशको मृत्यु हुँदा परिवार संकटमा परेको हो। श्रीमानले यसअघि नै घरजग्गादेखि सबै सम्पत्ति बेचेका कारण जानकीसँग बस्ने घरसमेत बाँकी नरहेको आफन्तहरू बताउँछन्।

किरिया बस्नका लागि उनले छिमेकी दलजीत महराको सहयोग लिएकी छन्। “घर–जग्गा केही बाँकी छैन, छिमेकीकै कुटी लिएर किरिया बसिरहेकी छु,” जानकीले बताइन् ।

जानकी विगतदेखि नै घरेलु हिंसाको शिकार थिइन्। “श्रीमानले कुटपिट गरेर घरबाट निस्कन बाध्य पारेपछि उनी तीन छोराछोरीसहित सेफ हाउसमा बस्नुपरेको बुझिएको छ। श्रीमानको मृत्युपछि काजकिरियाका लागि मात्र गाउँ फर्किएकी जानकी अहिले पुनः बस्ने ठाउँ र छोराछोरीको भविष्यप्रति चिन्तित छिन्।

आफन्तको सानो सहयोगमा किरिया खर्च जुटाइरहेकी जानकीको समस्या अझै टारिएको छैन। श्रीमानको निधनसँगै उनी तीन बालबच्चासहित भविष्य अनिश्चित हुँदै गएको छ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश