spot_img

सुदूरपश्चिम प्रदेश विद्यार्थी नेतृत्वमा, रोशन भट्ट निर्विरोध उप–सभापतिमा चयन

- Advertisement -

केशव राज भट्ट – बैतडी

सुदूरपश्चिम प्रदेशमा स्ववियु परिषद नेपालको नयाँ नेतृत्व निर्विरोध रूपमा चयन भएको छ ।

प्रदेशभरिका विद्यार्थी नेता र शुभेच्छुकहरूले उप–सभापति रोशन भट्टको निर्विरोध चयनलाई स्वागत गरेका छन्। उप–सभापति रोशन भट्ट (जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी) विद्यार्थी नेतृत्व र शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनका सहकर्मी विद्यार्थीहरूले उनको नेतृत्व क्षमताका कारण चयन भएका बताएका छन्।

सभापतिमा भुवन महरा (दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरिया–कैलाली) निर्विरोध चयन भए पनि रोशन भट्टको सक्रियता र नेतृत्व क्षमता आगामी कार्यकालमा विद्यार्थी संघलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

यस्तै सचिवमा करण प्रसाद भट्ट (कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुर), सह–सचिवमा हिरा मन्नि (केदार सुर्य बहुमुखी क्याम्पस, बडीकेदार–डोटी) र कोषाध्यक्षमा सविन रावत (बडिमालिका बहुमुखी क्याम्पस, बाजुरा) निर्विरोध चयन भएका छन्।

सदस्यमा रोशनी शाह (ऐश्वर्य बहुमुखी क्याम्पस, धनगढी–कैलाली), विकास खड्का (जनता क्याम्पस, पुनरबास–कञ्चनपुर), आकाश भट्ट (कैलाली बहुमुखी क्याम्पस, धनगढी–कैलाली), मनोज जैसी (रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, कञ्चनपुर), पार्वती जोशी (त्रिवेणी बहुमुखी क्याम्पस, बझाङ), कविता पाण्डे (लम्की बहुमुखी क्याम्पस, कैलाली) र भगवती कुँवर (त्रिपुरासुन्दरी क्याम्पस, अछाम) निर्विरोध चयन भएका छन्।

प्रदेशभरिका विद्यार्थी नेता तथा शुभेच्छुकहरूले सम्पूर्ण नेतृत्वलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img