spot_img

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

- Advertisement -

३०,जेठ : आइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्।

टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल टस समेत नभई रद्द भएको छ।

भारी वर्षाका कारण खेल रद्द भएको हो। दुवै टिमले एक एक अंक बाँडेका छन्। बिहानैदेखिको वर्षा बेलुकी केही समय रोकिएपनि मैदानमा पानी जमेका कारण खेल हुन सकेन्।

लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ। अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा पुगेका हजारौं दर्शक मौसमले खेल रद्द हुँदा खिन्न बनेर फर्किन बाध्य बनेका छन्। केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला पुगेका थिए।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img