spot_img

सरकारको कदमप्रति विरोध स्वरूप बैतडीमा विद्यालय, कार्यालय र सार्वजनिक सेवा संस्थाहरु बन्द

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

केशव भट्ट, बैतडी, भदौ २४ गते – मुलुकभर हिजो (भदौ २३ गते) जागरुक र राष्ट्रवादी युवाहरुले ‘जेन जी’ नामक आन्दोलनमार्फत भ्रष्टाचार र सरकारका अदूरदर्शी निर्णयविरुद्ध आवाज उठाएका थिए। उक्त आन्दोलनलाई सरकारले बल प्रयोग गरी नियन्त्रणमा लिन खोज्दा बैतडीका स्थानीय तहहरुले मंगलबार शोक बिदा दिएका छन्।

पाटन नगरपालिकाका मेयर गौरी सिंह रावलले सरकारको कदमप्रति विरोध जनाउँदै भन्नुभयो, “युवाहरुले देशभक्तिको भावना र राष्ट्रको हितका लागि आवाज उठाउँदा सरकारले दमन गर्नु दुःखद र निन्दनीय छ। त्यसैले हामी ऐक्यबद्धता स्वरुप शोक बिदा दिने निर्णय गरेका हौं।”

स्थानिय बुद्धिजीवी र सर्वसाधारणले पनि जेन जी आन्दोलनलाई मुलुकलाई सही बाटोतर्फ लैजाने युवाशक्तिको रूपका रूपमा लिएका छन्। बैतडीका स्थानीय युवा हरिकिरण बिष्टका अनुसार, “युवाहरुको आवाज दबाउने कामले लोकतन्त्र कमजोर बनाउँछ, त्यसैले हामी सबै उनीहरुको पक्षमा उभिएका छौँ।”

जिलाका युवा मुकुन्द बिष्टले बताए अनुसार, मुलुकभरका नागरिकले सामाजिक सञ्जाल र सडकमार्फत आन्दोलनलाई समर्थन व्यक्त गरिरहेका छन् र बैतडीका स्थानीय तहले दिएको शोक बिदाले प्रदेश स्तरसम्म ऐक्यबद्धता स्पष्ट देखाएको छ।

तर, जिल्ला प्रशासन कार्यालय बैतडीले आन्दोलन अव्यवस्थित र हिंसात्मक गतिविधि बढ्न सक्ने भनी सुरक्षात्मक कदम चालिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बलराम पाण्डेले भने, “सुरक्षा निकायले आन्दोलन नियन्त्रणका लागि कानुनअनुसार मात्र कदम चालिएको हो। शान्ति सुरक्षालाई प्राथमिकता दिँदै बल प्रयोग गरिएको हो।”

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img