बैतडी :बैतडीको पाटन नगरपालिकामा विश्वनाथ ज्योतिर्लिङ्ग बनारसी मेलाको अवसरमा भोली २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मन्दिरमा लाग्ने धार्मिक मेलाको अवसरकार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
पालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, सेवा केन्द्र, र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा लागू हुनेछ। नगर प्रमुख गौरी रावलद्धारा हस्ताक्षरित सूचनामा बनारसी धाममा मेला लाग्ने भएकाले बिदा दिइएको उल्लेख गरिएको छ ।
बैतडी जिल्लाकै धार्मिक,सास्कृतिक र ऎतिहासिक पर्यटकिय क्षेत्र बनारसी धाममा पुजा पाठ सहित भब्य धार्मिक जात्रा /मेला लाग्दैछ ।










