spot_img

नेपाली कांग्रेसका जिल्ला सभापतिका लागि पोखरामा प्रशिक्षण सुरू

- Advertisement -

नेपाली कांग्रेसको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम पोखरामा जारी छ । आज कांग्रेसले जिल्ला सभापतिहरू र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिइरहेको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्ला सभापतिहरू र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने व्यवस्था गरेको हो । प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश कार्यसमितीको व्यवस्थापनमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम संञ्चालन गरिएको हो ।

जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजना गरिएको कार्यक्रमलाई सभापति शेरबहादुर देउवाले मंगलबार उद्घाटन गर्नुभयो । संगठन सुदृढीकरण तथा समसामयिक सन्दर्भमा ७७ बटै जिल्लाका सभापतिहरुलाई कांग्रेसले प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्नेछ ।

सभापतिहरुलाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारी तथा विज्ञहरूले प्रशिक्षण दिने जनाइएको छ । यसअघि कांग्रेसले पोखरामै प्रदेश सभापतिहरू र प्रदेश प्रशिक्षण विभाग प्रमुखहरूका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img