spot_img

सकारात्मक परिवर्तनका लागि संघर्ष जारी छ : प्रधानमन्त्री प्रचण्ड

- Advertisement -

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न सकिने बताए।

उनले मूल नीति विदेशी सहायतामा मात्र निर्भर हुने नभई आफ्नै पुँजी, आफ्नै जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरुरी रहेको बताए। उनले विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरुलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुनुपर्ने पनि बताए।

उनले भने, ‘आजको सन्दर्भमा सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न सक्दछौँ। यति बेला हाम्रो पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको छ।’

प्रधानमन्त्री दाहालले सामाजिक क्षेत्रलाई राजनैतिक र सामाजिक रुपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही प्रवृत्ति भएको बताए।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img