spot_img

बैतडीमा खानेपानीका मूहानमा कोलिफर्म भेटियो

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

केशब राज भट्ट : बैतडी
बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मूहानहरू कोलिफर्म किटाणुले प्रदूषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका ९ स्थानीय तहका विभिन्न स्थानमा रहेका १६४ ओटा खानेपानी मूहानबाट नमूना संकलन गरी परीक्षण गर्दा ३८ ओटा मूहानमा कोलिफर्म किटाणु पाइएको जनाएको छ ।

शिवनाथ गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा नमूना संकलन गरिएको थियो । स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट धर्मानन्द बडूका अनुसार, जेठ र असार महिनामा नियमित प्रयोग भइरहेका मूहानहरूबाट नमूना लिइ परीक्षण गरिएको हो । सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका मूहानहरू प्रदूषित देखिएका छन् । त्यहाँका ३२ ओटा नमूनामध्ये १५ ओटामा कोलिफर्म किटाणु भेटिएको छ । त्यसैगरी पाटन नगरपालिकाका १३ ओटामध्ये ९, सिगास गाउँपालिकाका १५ मध्ये ७ मूहानमा कोलिफर्म भेटिएको हो ।

अन्य पालिकाहरूमा कोलिफर्म भेटिएको विवरण यसप्रकार छ —
दशरथचन्दमा ४ मध्ये १
दोगडाकेदारमा २१ मध्ये १
डिलाशैनीमा ६ मध्ये १
पञ्चेश्वरमा १६ मध्ये १
मेलौलीमा ३७ मध्ये २
सुर्नयमा २० मध्ये १

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालका अनुसार, नियमित प्रयोगमा आउने धारा, मूहान र ट्याङ्कीबाट संकलित नमूनाहरूमा दिसाबाट सर्ने कोलिफर्म किटाणु पाइएको हो । ढल व्यवस्थापनको अभाव र सरसफाइको कमीले गर्दा ढलको पानी मूहानमा मिसिएको हुन सक्ने उनको भनाइ छ ।

संक्रमणको जोखिम
खानेपानी मूहानहरूमा कोलिफर्म भेटिनु अत्यन्त गम्भीर विषय हो । कोलिफर्म किटाणु दिसामा पाइने किटाणु हो, जसको उपस्थितिले पानी फोहोर वा ढल मिसिएको संकेत गर्दछ । यस्तो पानी पिउँदा निम्न स्वास्थ्य समस्याहरू देखिन सक्छन्:
झाडा–पखाला
हैजा
टाइफाइड
आउँजस्ता अन्य सरुवा रोगहरू

स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टका अनुसार, यस्तो अवस्थामा पानीलाई उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्नु जरुरी छ । पानीका इन्टेक, मूहान र धाराहरूको नियमित सरसफाइ आवश्यक रहेको उनले बताए ।

स्थानीय तहलाई योजना कार्यान्वयनको निर्देशन
खानेपानीका मूहानहरू संरक्षण गर्न तथा स्वच्छ पानी उपभोक्तासम्म पुर्याउनका लागि स्थानीय तहलाई खानेपानी सुरक्षा योजना लागू गर्न भनिएको छ । मूहान सफा गर्न तथा ढलको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई स्वास्थ्य कार्यालयले सुझाव पठाएको जनाएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img