spot_img

डडेल्धुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई संकायको पढाइ सुरु

- Advertisement -

डडेल्धुरा: डडेल्धुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई संकायको पढाइ सुरु भएको छ । उक्त मेडिकल कलेजले आईतबार देखी वीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) र वीएस्सी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) को अध्यापन सुरु गरेको हो ।

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा मेडिकल कलेजले सफलता पाएको बताए । उनले अस्पतालको स्तरोन्नती गरिरहेको र भविष्यमा एमबिबिएस पढाई हुने कलेजको अनुमती पाउने लक्ष्य रहेको समेत बताए । ‘विद्यार्थीलाई गर्नुपर्ने सहयोगका लागि अस्पताल सधैं तयार छ । उनले भने, अस्पतालको अझै स्तरोन्नति गर्दै छौं । तीनसय बेडको अस्पताल बन्यो भने एमबीबीएस पढाइ हुने मेडिकल कलेज पाउने छौं ।’

सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको उक्त मेडिकल कलेजले यसअघि गत वर्षदेखि बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) को पठनपाठन शुरु गरेको थियो । यो वर्षदेखी थप दुई संकायको सञ्चालनको अनुमती पाएसँगै अध्यापन सुरु गरिएको कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए । उनका अनुसार कलेजले वीपीएचमा १० र वीएस्सी नर्सिङ मा २० जनाको कोटा पाएको थियो । तर अहिलेसम्म वीपीएचमा ५ र वीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन ।

१० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा गत वर्ष ८ जना भर्ना भएकोमा यसवर्ष ६ जना भर्ना भएको उनले बताए । सरकारले डडेल्धुरा अस्पताललाई २०७८ माघ १० गते मेडिकल कलेजका रुपमा विस्तार गर्ने निर्णय गरेको थियो । एमबीबीएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शैय्यामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शैय्यामा संचालन हुदै आएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img