back to top
Home मुख्य समाचार स्वास्थ्य कार्यालय बैतडी द्वारा अन्तरपालिका समन्वय बैठक तथा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वास्थ्य कार्यालय बैतडी द्वारा अन्तरपालिका समन्वय बैठक तथा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
98

बैतडी :स्वास्थ्य कार्यालय बैतडीले अन्तरपालिका समन्वय बैठक तथा संचारकर्मी संग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार आयोजना गरिएको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले बैतडीले सञ्चालन गरिराखेका कामहरुको बारेमा जानकारी गराएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले चालु आर्थिक बर्षमा हालसम्म सम्पादन भएका गतिविधिका बारेमा जानकारी गराइएको थियो।

यस्तै अन्तरक्रिया कार्यक्रममा जिल्लाका १० ओटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले स्वास्थ्य क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए।

आज बैतडीको अपि गेष्टहाउसमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,उप प्रमुख,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्याउन सबै तहले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका तर्फबाट स्वास्थ्य क्षेत्रमा गर्न सकिने जति सबै सहयोग गरिने जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here