spot_img

भीमदत्त नगरपालिकाका कांग्रेस नगरसभापति अच्युतराज कलौनीको अन्त्येस्टी,गृहमन्त्री लेखकद्धारा श्रद्धाञ्जली व्यक्त

- Advertisement -

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली कांग्रेस नगरसभापति अच्युतराज कलौनीको अन्त्येस्टी गरिएको छ । कलौनीको आईतबार महाकाली नदी किनारमा अन्येष्टी गरिएको हो ।

कलौनीको पार्थिव शरिरमा कांग्रेसको झण्डा ओडाएर गृहमन्त्री रमेश लेखकले अन्तिम श्रद्धाञ्जली दिएका छन । श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आईतबार कांग्रेसको झण्डा ओढाएर लेखकले श्रद्धाञ्जली दिएका हुन । श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति रहेको थियो ।

शनिबार बिहान भीमदत्त नगरपालिका –१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा कलौनी मृत अवस्थामा फेला परेका थिए । कलौनीको घटना छानबिनका लागि भिसेरा परीक्षण गरिएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आउन बाँकी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

उनले फरेन्सिक जाँच रिपोर्ट आएपछि घटनाको अनुसन्धानमा थप सहज हुने उल्लेख गरे ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img