spot_img

सिगास गाउँपालिकाको ५५ करोड बढीको अनुमानित बजेट सार्वजनिक

- Advertisement -

बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५५ करोड ९० लाख ७४ हजार १ सय ९ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

शनिबार सम्पन्न गाउँपालिकाको १७औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष धाना धामीले बजेट प्रस्तुत गर्दै चालु र पूँजीगत खर्चका लागि विनियोजन गरिएको विवरण प्रस्तुत गरेकी हुन्।

बजेटअनुसार ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ रुपैयाँ चालुतर्फ र १८ करोड ४१ लाख ७ हजार रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको उपाध्यक्ष धामिले बताउनुभयो । बजेट स्रोततर्फ हेर्दा पालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत ९ करोड ६० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान अन्तर्गत ८२ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको छ।

नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँड अन्तर्गत १० करोड ७३ लाख ९८ हजार १ सय ९ रुपैयाँ प्राप्त गरेको छ। यस्तै प्रदेश सरकारबाट प्राप्त राजस्व २९ लाख ७१ हजार रुपैयाँ प्राप्त गरेको छ।नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान २२ करोड ९९ लाख रुपैयाँ प्राप्त गरेको छ भने प्रदेश सरकारको सशर्त अनुदान ७० लाख रुपैयाँ र

आन्तरिक आम्दानी ७६ लाख १५ हजार रुपैयाँ रहेको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत रघुनाथ अ वस्थीले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको संभावित बैंक मौज्दात ४ करोड ७० लाख ६० हजार रुपैयाँ रहने अनुमान गरिएको उपाध्यक्ष धामीले बताउनुभयो ।

बजेट वक्तव्यमा सिगास गाउँपालिकाले स्थानीय आवश्यकता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img