केशवराज भट्ट,जेठ ३०गते ।
बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ।
जिल्ला सदरमुकामबाट शिवनाथ शर्मालीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०-१-०-०-१ च ४१८० नम्बरको जिप शिवनाथ गाउँपालिका-२ को भित्री सडक खण्डको फट्केढुङ्गा भन्ने स्थानमा शुक्रवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो ।
शुक्रवार दिउँसो साढे दुईबजेतिर जिप दुर्घटना परेको र जिप चालक शिवनाथ गाउँपालिका-२ देगडा बस्ने २८ बर्षीय योगेन्द्र भट्ट घाइते भएका प्रहरी निरीक्षक बडुले बताउनुभयो ।
चालक भट्टको दुबै खुट्टामा चोट रहेको र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको उहाँले बताउनुभयो। जिप एक्कासी अनियन्त्रित भएर सडकबाट अन्दाजी ५०मिटर तल खसेको बताइएको छ।गाडीमा चालक मात्रै सवार रहेको प्रहरी निरीक्षक बडुले जानकारी दिनुभएको छ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएको छ।










