spot_img

चन्दा उठाएर अभिभावकविहीन बालवालिकाका लागि घर बनाउँदै

- Advertisement -


बैतडी – जेठ २८ गते । बैतडीमा चन्दा संकलन गरेर यहाँका दुई अभिभावकविहीन बालबालिकाको लागि आवास निर्माणको काम सुरु भएको छ।
बैतडीको पाटन नगरपालिकाको वडा नम्बर ४ जेउडेमा बुधबार अभिभावक नभएका दुई बालबालिकालाई बस्नका लागि भुमेश्वर माया घरको शिलान्यास गरिएको हो । बुधबार पाटन नगरपालिका प्रमुख गौरीसिंह रावल, जिल्ला समन्वय समितिका पूर्व प्रमुख सिद्धराज भट्ट, पाटन नगरपालिका वडा नं ४ अध्यक्ष दिपकसिंह बिष्ट, पाटन ६ का अध्यक्ष राजेन्द्रसिंह बिष्टलगायतको सहभागितामा टुहुरा बालबालिका नविन लावड र गौरा लावडको घरको शिलान्यास गरेको भूमेश्वर माया घरका संयोजक मानबहादुर चन्दले बताउनुभयो ।


भूमेश्वर माया घरका संयोजक तथा सुदुरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक मानबहादुर चन्दको संयोजकत्वमा संचालन भएको अभिभावविहीन बालबालिका लागि आवास निर्माणका लागि अभियान संचालन भएको थियो । उक्त अभियानमा गत बैसाखदेखि हालसम्म एक लाख पचास हजार रुपिया चन्दा संकलन भइसकेको चन्दले जानकारी दिनुभयो ।

आगामी असारसम्म सक्ने गरी दुइ कोठे आवासको निर्माण कार्यलाई अगाडी बढाएको माया घरका संयोजक चन्दले बताउनुभयो । ६ बर्ष अगाडि नवीन र गौराका आमाबुवाको फोक्सोको रोगका मृत्यु भएको थियो। हाल लावड भाइबहिनी छिमेकी आफन्त कहाँ बस्दै आएका छन् । दलित समुदायका उहाँहरुको दयनीय अवस्था देखेर घर बनाउने अभियान संचालन गरेको संयोजक चन्दले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img