बैतडीः सुदूरपश्चिमको मौलिकता झल्कने देउडा गित “सुर्मा उग्रतारा” सार्वजनिक भएको छ। सञ्चारकर्मी भुबी बिष्ट र गोविन्द पन्त “समर्थन” को स्वरमा रहेको उक्त गित शुक्रबार सार्वजनिक भएको हो।
गितमा सुदूरपश्चिम प्रदेशमा रहेका धार्मीक तथा सास्कृतिक पयर्टकीय स्थलहरुको चर्चा गरिएको छ। साहित्यकार प्रकाश पैंतोलाको शब्द तथा गायक पन्तको लय सिर्जनामा उक्त गित बजार आएको छ।
सुदुरपश्चिमका नौ ओटै जिल्लामा रहेका धार्मीक एवंम सास्कृतिक पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा यो गितले महत्वपूर्ण भूमीका खेल्ने विश्वास गरिएको छ। गितमा अनु खड्का र भोजराज जोशी ( क्वालिटी) को अभिनय रहेको छ भने रमेश बिजुली बिसीले निर्देशन गरेका छन्।










