spot_img

बैतडीमा बिँडीसहित नियन्त्रणमा लिएको जिप भन्सारमा बुझाइयो

- Advertisement -

केशव भट्ट,बैतडी, जेठ १६ गते । प्रतिबन्धित बिँडीसहित प्रहरीले बैतडीको पुर्चौडीस्थित विजयपुरबाट जिप चालक र साहुलाई नियन्त्रणमा लिएको छ।
पुर्चौडी नगरपालिका–१० बजियपुरबाट बिँडी, जिप चालक र साहुलाई नियन्त्रणमा लिएको हाे।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रतिबन्धित बिँडी जिपमा ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा करिब तीन लाख ३० हजार रुपियाँ बराबरको बिँडीसहित जिप चालक र साहुलाई नियन्त्रणमा लिएको जनाएको छ।

विजयपुरबाट हाटतर्फ जाँदै गरेको सुप प्र ०१००१ ज १७१३ नम्बरको बोलेरो जिपमा बिँडी ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोली र पुरघाट प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले बिँडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयाे।

बिँडीसहित जिप, जिप चालक सिगास गाउँपालिका–२ का २२ वर्षीय मानसिंह धामी र पुर्चौड नगरपालिका–१० बजियपुरका गाडीधनी २८ वर्षीय दिनेश महरालाई नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको प्रतिबन्धित बिँडीसहित गाडी, चालक र साहुलाई आवश्यक कारवाहीका लागि शुक्रबार महाकाली भन्सार कार्यालय जुलाघाटमा बुझाएको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयाे । बिँडी भारतबाट अवैध रूपमा भित्रिएको हुन सक्ने अनुमान गरिएको छ। यसअघि गत जेठ ४ गते पनि दुई लाख ८२ हजार रुपैयाँ बराबरको प्रतिबन्धित बिँडी बरामद गरिएको प्रहरीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img