spot_img

भूमिहीन र सुकुम्बासीको जग्गा छुट्याउँदै पञ्चेश्वर

- Advertisement -


बैतडीको पञ्चेश्वर गाउँपालिकाले अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गा छुट्याउने काम सुरु गरेको छ।

भूमि समस्या समाधान आयोगको वडा तथा पालिका सहजीकरण समिति एवं कार्यपालिकाबाट प्रमाणीकरण भैसकेका वडाहरुमा विहीबारबाट जग्गा छुट्याउन थालिएको आयोगका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको ब्यवस्थापनका लागि जग्गा नाचजाँच तथा परिचयात्मक कार्यक्रम मार्फत जग्गा छुट्याउने कामको जानकारी गरिएको थियो।

गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दको अध्यक्षता एवं भूमि समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेशदत्त पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको हो। यसैगरी गाउँपालिका उपाध्यक्ष विना भट्ट, भूमि आयोग बैतडीका विज्ञ सदस्य जगदीश नायक , भूमि शाखा प्रमुख, आयोगका जिल्ला नापी टोली प्रमुख लगायत सर्वेक्षक, अमिन एवं सरोकारवालाको सहभागितामा थियो।

प्रती जग्गा, पानीपधेरो, सार्वजनिक जग्गा, बन क्षेत्र छुट्याउने काम गर्ने गरी काम गरिने आयोगका विज्ञ सदस्य जगदीश सिंह नायकले बताउनुभयो । नापी टोली प्रमुख कृष्ण भण्डारीले कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिहरूलाई टिएस मेशिनहरूको अवलोकन र जानकारी गराई प्रशिक्षण दिनुभएको थियो।

पन्चेश्वर गाउँपालिकामा मात्रै ४ सय ३८जना भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अव्यवस्थित बसोबास गर्दै आएका घर परिवाको निवेदन परेको भूमि समस्या समाधान आयोग बैतडीले जनाएको छ।

बैतडीमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको ब्यवस्थापनका लागि जग्गा नापजाँच तथा परिचयात्मक कार्यक्रम मार्फत जग्गा छुट्याउने काम सुरु गरेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img