spot_img

बैतडीमा राप्रपाको संगठन विस्तार अभियान तीव्र पारिदै

- Advertisement -

बैतडी:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। जिल्लाका ८४ वडामा वडामा समिति गठन गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएको र हालसम्म ५० वडामा नयाँ समिति गठन भइसकेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी बताए।

  पछिल्लो समय नागरिकबीच पार्टीको एजेण्डाप्रति आकर्षण बढेको छ र हिन्दू राज्य पुनःस्थापना र संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले नागरिकसँग प्रत्यक्ष संवादमार्फत आफ्नो धारणा राख्दै आएको राप्रपाका सम्पर्क समाज समन्वय विभाग सदस्य केशव चन्दले जानकारी दिए।

पूर्वमन्त्री तथा नेता जयन्तबहादुर चन्दको उपस्थितिमा वडा समिति विस्तारको थालनी गरिएको छ भने राप्रपाका युवा नेता एवं अभिनेता भुपेन चन्दको पनि सक्रिय सहभागिता रहेको छ।

राप्रपाले वडास्तरमा संगठन विस्तारपछि पालिकास्तरीय समिति निर्माण गर्ने तयारी गरिरहेको  जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img