spot_img

पूर्व प्रहरी नायव उपरीक्षक कार्की राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश

- Advertisement -

बैतडी: समाजसेवी तथा पूर्व प्रहरी नायव उपरीक्षक(डीएसपी) नैन सिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गर्नुभएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड पन्ज्युनयाँ घर भएका कार्कीले अनलाईन सदस्य लिदैं रास्वपा प्रवेश गर्नुभएको हो ।

पुराना पार्टीहरुले देश विकास र सुशासन कायम गर्न नसकेको भन्दै अब देशको जिम्मेवारी रास्वपाको काँधमा आएको उक्त पार्टी प्रवेश गरेको कार्कीको भनाई छ ।

समग्र दोगडाकेदारको नेतृत्व गर्दै आगामी दिनमा राष्ट्रलाई योगदान दिने उहाँले बताउनुभयो ।

स्नातकोत्तर(एम.कम)गरिसक्नुभएका कार्की लामो समय प्रहरी सेवामा बिताउनुभएका दक्ष,अनुभवी र कानुन कार्यान्वयनमा सधै अग्रणी भुमिकामा रहदै आउनुभएका पूर्व प्रहरी अधिकारी हुनुहुन्थ्यो ।

प्रहरी सेवाबाट अवकाश भएपछि उहाँले आफ्नो गाउँ समाजको विकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ ।

उहाँले पार्टी प्रवेश गरेपछि दोगडाकेदारमा रहेका पुराना दलहरु नेकपा एमाले नेपाली कांग्रेस र माओवादी केन्द्रमा समेत हलचल मच्चिएको रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले बताउनुभयो ।

पार्टी प्रवेश गर्नुभएका कार्कीलाई उचित स्थान दिइने समेत संस्थापक महामन्त्री क्वालिटीले बताउनुभयो ।

रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै यही जेठ १७ गतेदेखि दोगडाकेदार १ रिमबाट संगठन बिस्तारको काम गर्दैछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img