बैतडी,
बैतडीमा घाँस काट्न गएकी एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । सुर्नया गाउँपालिका-८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु हो ।
शुक्रबार बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर उहाँको मृत्यु भएको सुर्नया ८का वडा अध्यक्ष भान बहादुरज्ञ बोहराले जानकारी दिनुभयो । भीरबाट झन्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु वडा अध्यक्ष बोहराले बताउनुभयो ।
उहाँका एक सात वर्षीय र अर्का छ महिनाका छोरा छन् । उहाँ दुई वर्षअघि पनि भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । शुक्रबार भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ ।








