spot_img

बैतडीमा भूकम्पको धक्का

- Advertisement -

बैतडी,जेठ ९ गते ।
बैतडीमा मध्यराति भूकम्पको धक्का गएको छ। बिहीबार राति १ बजेर ४८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने राती २ बजेतिर ३.७ म्याग्निच्युडको पराकम्प पनि गएको हो ।
दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको सदरमुकाम खलङ्गा गढी क्षेत्र नै रहेको जनाइएको छ । उक्त भूकम्पको कम्पन बैतडीसहित दार्चुला, बझाङ, डडेलधुरालगायतका सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो ।
मध्यरात भूकम्प गएकाले मानिसहरू घरबाहिर निस्किएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको उहाँले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img