spot_img

फोहोर व्यवस्थापन नहुँदा मेलौली दुर्गन्धित

- Advertisement -


केशवराज भट्ट/बैतडी, जेठ ६ गते ।
बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ ।
तल्लोस्वराड क्षेत्रको मुख्य बजारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो ।
जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताउनुभयो ।
नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै उहाँले बताउनुभयो ।
जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेकोभन्दै स्थानीयहरुले पटकपटक गुनासो गर्दै आइरहेका छन। ‘जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ, ‘ स्थानीय सुरेश भट्टले भन्नुभयो, ‘दुर्गन्धले हिँडडुल गर्न समस्या भएको छ । कुनै वेला त श्वास फेर्न गाह्रो हुन्छ । ‘
नगरपालिकाको फोहर पनि सडक किनारमै फालिने गरेको गुनासो समेत रहेको छ । फोहरले नाली र होमपाइप जाम भएका छन्।सिसाका बोतल, प्लाष्टिकलगायतका फोहर जथाभावी फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय सुनिता दयालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोहरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ ।सिसा, प्लाष्टिक, कार्टुनलगायतका फोहरले घाँस काट्न समस्या हुने गरेको छ। बालबालिकालाई पनि हिँडडुल गर्न समस्या हुने गरेको छ।’
जथाभावी फालिएको फोहरले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले जनाएका छन् । नगरपालिकासँग फोहर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै पहल नभएको स्थानीयको आरोप छ ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको व्यवसायी मोहनसिंह नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजार क्षेत्रमा जथाभावी फालिने फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक गुहारिसक्यौँ तर कुनै चासो दिएको छैन।’
नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भने पनि डम्पिङसाइट नहुँदा समस्या भएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अव्यवस्थित फोहर व्यवस्थापनका लागि डम्पिङ साइटका लागि ठाउँ खोजिरहेका छौं । उपयुक्त स्थानको अभाव भएकाले फोहर व्यवस्थापन गर्न सकिएको छैन ।’
नगरपालिकाले जनप्रतिनिधि आएकै बर्षदेखि डम्पिङ साइड निर्माणका लागि पहल गरेको भए पनि ठाउँकै अभावमा बनाउन नसकिएको नगरप्रमुख चन्दले बताउनुभयो । डम्पिङ साइटकोे टुङ्गो लागेपछि जतिसक्दो चाँडो फोहर व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । चालु आर्थिक बर्षमा पनि नगर बजार तथा सार्वजनिक स्थानको फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले १ लाख बजेट विनियोजन गरेको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img