बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ ।
बैतडी जिल्ला क्रिकेट संघले उक्त छनौट प्रतियोगिता खेल्नका लागि सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान भट्टसंगै उपकप्तानमा भाष्कर जोशी,अन्य सदस्यहरुमा मुकेश चन्द, सन्तोश चन्द,बिक्रम बोहरा,निरज थापा,अमन विष्ट, विनोद भाट, निरज भट्ट,कृष्ण बोहरा,अमर चन्द, दिनेश महरा,जय बहादुर नाथ र पंकज चन्द रहेका छन् ।
यस्तै टेकराज जोशी,आकाश भण्डारी,सौरभ राना र निखिल टमटा वैकल्पिक खेलाडीका रुपमा छनौट भएका बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
बैतडी जिल्ला संघले गत वैशाख २६ गतेदेखि यहि जेठ २ गतेसम्म छनौट प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु टोलीमा समावेश भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा हुँदैछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।
बैतडी जेठ ८ गते उद्घाटन खेलमा बझाङसंग भिड्नेछ ।
छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटेर प्रदेशको टोली तयार गरिनेछ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।










