बैतडी:बैतडीको पाटन नगरपालिका –१० लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको छ ।
पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणाका लागि निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिनामुनिका ४४ जना बालबालिका र १५ महिनादेखि ५ बर्ष मुनिका १ सय ५७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको सिद्धपुर स्वास्थ्यचौकीका प्रमुख महेन्द्र बोहराले बताउनुभयो ।
पाटन नगरपालिका –१० का वडा अध्यक्ष धनबहादुर कुवर, स्वास्थ्यकर्मी, खोप समन्वय समिती र अन्य सरोकारवालाहरुको उपस्थितीमा वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको जनाएको छ।









