बैतडी:बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्ष घाइते भएका छन्।जिल्लाको पञ्चेश्वर गाउँपालिका –३ तालिगडा भन्ने स्थानमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा सोही वडाका वडा अध्यक्ष मीनबहादुर चन्द घाइते भएका पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताउनुभयो ।
गाउँपालिकाबाट घर फर्ता हुने क्रममा अध्यक्ष चन्द सवार मोटरसाइकल दुर्घटनामा भएको भट्टले बताउनुभयो । अध्यक्ष चन्दको टाउको र खुट्टामा चोट रहेको बताइएको छ ।वडा अध्यक्ष चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको उपाध्यक्ष भट्टले बताउनुभयो ।










