बैतडी :नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समिति बैतडीको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा पाटन नगरपालिका–८ खोड्पेमा बैठक सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
बैठकले पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि आगामी जेठ महिनादेखि प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला उपसभापति एवं प्रशिक्षण शाखा संयोजक बीरबहादुर बिष्टले बताए ।
जिल्लाका १० ओटै स्थानीय तह र ८४ ओटै वडामा प्रशिक्षण अभियान सञ्चालन गरिने उनले बताए । नेपाली कांग्रेसको नीति, विधि, विधान र सिद्धान्तका बिषयमा जानकारी दिने र कांग्रेसको संगठनलाई बलियो बनाउने उद्देश्यसहित प्रशिक्षण अभियान सञ्चालन गरिने उनले बताए ।
प्रशिक्षण अभियानमा जिल्ला सभापति, प्रशिक्षण शाखा संयोजक, पार्टीका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतले प्रशिक्षण दिने उपसभापति बिष्टले बताए । उनले भने,‘आजको बैठकमा हामीले पार्टीको संगठन विस्तार र सुदृढीकरणका बिषयमा केन्द्रित रहेर निर्णय गरेका छौं । प्रशिक्षण अभियानमार्फत पार्टीलाई बलियो बनाउने हाम्रो उद्देश्य रहेको छ ।’
यस्तै विधान अनुसार सदस्यता नवीकरण गर्न कांग्रेसका क्रियाशील सदस्यहरुलाई आग्रह गरिएको सचिव चन्दले बताए । पार्टीको सदस्यता शुल्क नतिरेकाहरुले यो महिनाभित्र सदस्यता शुल्क तिरेर सदस्यता नवीकरण गर्न पार्टीले निर्देशन दिएको छ । समयमा नवीकरण नगर्नेको सदस्यता नवीकरण नहुने सचिव चन्दले बताए ।
नेपाली कांग्रेस बैतडीमा अहिलेसम्म ४ हजार ८ सय जना क्रियाशील सदस्यहरुले सदस्यता नवीकरण गरिसकेका छन् । नयाँ सदस्यता वितरण गर्ने कार्य समेत भइरहेको सचिव चन्दले बताए ।
नेपाली कांग्रेस बैतडीको कार्यसम्पादन समिति बैठक सम्पन्न,आगामी जेठ महिनादेखि प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









