spot_img

बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाहलाई

- Advertisement -

बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रामसागर शाहलाई दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत बरिष्ठतम् कर्मचारी शाहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । गाउँपालिकाले पठाएको पत्र तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार शाहलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत शाहलाई आर्थिक तथा प्रशासनिक अधिकारको जिम्मेवारी दिएपछि अब गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढ्ने भएका छन् । मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल तथा अर्को प्रमुख प्रशासकीय अधिकृत नखटाउञ्जेलसम्म शाहलाई प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्न भनेको छ ।

यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पार्कीको सरुवा भएपछि पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img