spot_img

लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको प्रथम अधिवेशन सम्पन्न

- Advertisement -

केशवराज भट्ट,बैतडी। बैतडीमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
जिल्ला संयोजक मदनमोहन बिष्टको अध्यक्षतामा आइतबार बैतडीको सदरमुकाममा सम्पन्न भएको भेलाका प्रमुख अथिती नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले रहनुभएको थियो ।

जिल्लाका ३५ जना निर्माण व्यवसायीहरुको सहभागीता रहेको प्रथम अधिवेशनबाट मदनमोहन बिष्टको अध्यक्षतामा १३ सदस्यीय लोकतान्त्रिक निर्माण व्यवसायी संघको कार्यसमिति गठन गरिएको निर्माण व्यवसायी सुरजबहादुर चन्दले बताउनुभयो।

कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रीय सह-संयोजक प्रकाश सेठ्ठी, सुदूरपश्चिम प्रदेशका संयोजक मदन कुवरलगायतको उपस्थित रहेको निमार्ण व्यवसायी केशवराज लेखकले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कानुन व्यवसायी दिपेन्द्र बहादुर चन्दले निर्माण सम्पन्न गरिसकेका, विधि र नियमानुसार अगाडी बढाएका फाईललाई सरकारले भुक्तानी गर्न आनाकानी गर्न नहुने बताउनुभयो ।
नेपाली कांग्रेसको शुभेक्षुक संस्था लोकतान्त्रिक निर्माण व्यवसायी संघले देशको विकास निर्माणमा महत्त्वपूर्ण भुमिका रहेको निर्माण व्यवसायी बैतडीका अध्यक्ष मदनमोहन बिष्टले बताउनुभयो ।

लोकतान्त्रिक निर्माण व्यवसायीका निर्माणका क्रमा आईपरेका समस्यालाई सम्बन्धि निकायलाई पहल गर्न बैतडी कांग्रेस सदैव तयार रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्यानका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चन्दले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img