back to top
Home मुख्य समाचार लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको प्रथम अधिवेशन सम्पन्न

लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको प्रथम अधिवेशन सम्पन्न

0
400

केशवराज भट्ट,बैतडी। बैतडीमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
जिल्ला संयोजक मदनमोहन बिष्टको अध्यक्षतामा आइतबार बैतडीको सदरमुकाममा सम्पन्न भएको भेलाका प्रमुख अथिती नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले रहनुभएको थियो ।

जिल्लाका ३५ जना निर्माण व्यवसायीहरुको सहभागीता रहेको प्रथम अधिवेशनबाट मदनमोहन बिष्टको अध्यक्षतामा १३ सदस्यीय लोकतान्त्रिक निर्माण व्यवसायी संघको कार्यसमिति गठन गरिएको निर्माण व्यवसायी सुरजबहादुर चन्दले बताउनुभयो।

कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रीय सह-संयोजक प्रकाश सेठ्ठी, सुदूरपश्चिम प्रदेशका संयोजक मदन कुवरलगायतको उपस्थित रहेको निमार्ण व्यवसायी केशवराज लेखकले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कानुन व्यवसायी दिपेन्द्र बहादुर चन्दले निर्माण सम्पन्न गरिसकेका, विधि र नियमानुसार अगाडी बढाएका फाईललाई सरकारले भुक्तानी गर्न आनाकानी गर्न नहुने बताउनुभयो ।
नेपाली कांग्रेसको शुभेक्षुक संस्था लोकतान्त्रिक निर्माण व्यवसायी संघले देशको विकास निर्माणमा महत्त्वपूर्ण भुमिका रहेको निर्माण व्यवसायी बैतडीका अध्यक्ष मदनमोहन बिष्टले बताउनुभयो ।

लोकतान्त्रिक निर्माण व्यवसायीका निर्माणका क्रमा आईपरेका समस्यालाई सम्बन्धि निकायलाई पहल गर्न बैतडी कांग्रेस सदैव तयार रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्यानका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चन्दले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here