back to top
Home मुख्य समाचार मेलौली नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित

मेलौली नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित

0
100

बैतडी :बैतडीको मेलौली नगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको छ। शुक्रबार सम्पन्न भएको नगर सभाको पहिलो अधिवेशनले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगरसभामा नगर प्रमुख भीम बहादुर चन्दले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो। नगरपालिकाले आवधिक योजना, दिगो विकासका लक्ष्य, संघ र प्रदेश सरकार योजनाहरुलाई समेत मध्यनजर गरेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सुशासनका क्षेत्रहरु समेट्दै नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको नगर उपप्रमुख पार्वती बोहरा बिष्टले बताउनुभयो। आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रममा आधारित रहेर बनाउनुपर्ने भएकाले नगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेको नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here