केशवराज भट्ट
बैतडी, वैशाख २० गते ।
शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाकाे सबै तयारी पूरा भएको छ ।
१२ कक्षाको परीक्षाका लागि यस बर्ष बैतडीमा उन्नाइस ओटा केन्द्र निर्धारण गरिएको छ। जिल्लामा ६५ ओटा १२ कक्षा पढ़ाई हुने माध्यमिक तहका विद्यालय छन् । नियमित तर्फका लागि अठार ओटा र २०५७ सालयता छुटेका विद्यार्थीका लागि दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बीरेन्द्र माविमा एउटा गरी उन्नाइस ओटा परीक्षा केन्द्र राखिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताउनुभयो ।
यसवर्ष जिल्लाभर चार हजार छ सय तेह्र जना विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी हुने इकाई प्रमुख अवस्थीले बताउनुभयो । गत बर्ष बैतडीमा चार हजार आठ सय पचपन्न जना परीक्षामा सहभागी हुनुभएको थियो ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि गर्ने निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो ।
परीक्षा मार्यादित र व्यवस्थित बनाउन जिल्लाका उन्नाइस ओटै केन्द्रमा तीन सय जना कर्मचारी खटाइएको इकाई प्रमुख प्रमुख अवस्थीले बताउनुभयो । बिहान ८ बजेबाट जेठ २ गतेसम्म परीक्षा संचालन हुने तालिका छ।
देशभर १५ सय ९० परीक्षा केन्द्रबाट करिब पाँच लाख पचास हजार विद्यार्थी आइतवारदेखि हुने परीक्षामा सहभागी हुने छन् ।
बैतडीमा उन्नाइस ओटै केन्द्रमा १२ कक्षाको परीक्षा तयारी पूरा
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









