केशवभट्ट बैतडी, नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) बैतडीको अध्यक्षमा तर्कसिह ठगुन्ना चयन हुनुभएको छ ।
पाटनमा वुधवार सम्पन्न भएको जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
यस्तै कमिटीको उपाध्यक्षमा दानसिह माल, प्रेम कार्की, यसोदा कार्की, सचिव कृष्ण पन्त, कोषाध्यक्ष हेमन्ती जोशी, सहसचिव बिनोद चयन भएको अध्यक्ष ठगुन्नाले बताउनुभयो । अध्यक्ष चयन हुनुभएका ठगुन्ना पाटन नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत रहनुभएको छ।
बुधबार पाटनमा सम्पन्न जिल्ला सम्मेलनमा नेकपा माओवादी केन्द्र बैतडी जिल्ला इन्र्चाज नरेन्द्र कुवँर विजयसुन्दर, वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष नर बहादुर बिष्ट, माओवादी केन्द्रका प्रदेश सदस्य कमलसिंह बोहरालगायत गाउँपालिका तथा नगरपालिका कमिटि अध्यक्ष र युवाहरुको सहभागीता थियो ।
वाइसीएल बैतडीको अध्यक्षमा ठगुन्ना
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










