spot_img

जेष्ठ सदस्यलाई सम्मान गर्दै बैतडी कांग्रेस

- Advertisement -


केरावराज भट्ट,
बैतडी फागुन ६ गते। नेपाली कांग्रेस बैतडीले जेष्ठ क्रियाशील सदस्यहरुलाई नवीकरण प्रमाणपत्र बितरण गर्दै सम्मान सुरु गरेको छ।
७० बर्ष पुगेका र २०४६ सालदेखि पार्टीमा निरन्तर काम गरिरहेका जेष्ठ क्रियाशील सदस्यलाई नवीकरण प्रमाणपत्र वितरण गर्न थालेको हो ।
जिल्लाको दशरथचन्द नगरपालिकाबाट सुरु भएको कार्यक्रम मेलौली, शिबनाथ हुँदै सिगास गाउँपालिका वितरण भईरहेको छ।
हालसम्म ४ सय ५० जना जेष्ठ नागरिक कृयाशील सदस्यहरुलाई नवीकरण क्रियाशील प्रमाणपत्र वितरण गरिसकेको जिल्ला कार्यसमिति सदस्य तथा कृयाशील सदस्य छानबिन र अध्यावधिक समिति संयोजक रमेश बोहराले बताउनुभयो ।
नेपाल कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द, प्रदेश ख का सभापति शिवराज भट्ट, बैतडी जिल्ला सह-सचिव दिपेन्द्रबहादुर चन्द, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, नेविसंघका जिल्ला अध्यक्ष दिपेन्द्र ढुंगाल, शिक्षक संघका केन्द्रीय सदस्य लक्ष्मण थापा, सम्बन्धिपालिका सभापति, स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
बैतडीका १० वटा स्थानीय तहहरु मध्ये ४ वटामा सम्पन्न भएको र ६ वटामा बाँकी रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ।
प्रमाणपत्र वितरण गरेर सम्मान गर्ने अभियान फागुनभित्र सकिने प्रदेश सभापति भट्टले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img