spot_img

विपद प्रतिकार्य अभ्यास गर्दै नेपाली सेना

- Advertisement -


केशवराज भट्ट, बैतडी, वैशाख २५ गते ।
नेपाली सेनाको श्रीबक्स गुल्मले बैतडीमा संयुक्त मनसुन प्रतिकार्य अभ्यास सञ्चालन गरेको छ । नजिकिदो वर्खामा हुन सक्ने विपद्का घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा रहेको श्रीबक्स गुल्मको आयोजनामा सञ्चालन गरिएको प्रतिकार्य अभ्यास गरिएको हो । अभ्यासमा जिल्लामा रहेका तीनवटै सुरक्षा निकायसहित रेडक्रस, स्थानीय तह तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा अभ्यास सञ्चालन गरिएको श्रीबक्स गुल्मका गुल्मपति सेनानी सफल थापाले जानकारी दिनुभयो । विपद्सँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति, नागरिक समाज, नेपाल रेडक्रस, जिल्लामा कार्यरत अन्य सुरक्षा निकायहरु, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरेर अभ्यास गरेको उहाँले बताउनुभयो । यो अभ्यासले विपद्को समयमा खोज उद्धारमा सहयोग पुग्ने सेनानी थापाले बताउनुभयो ।
अभ्यासका क्रममा भीरमा अड्केको घाईतेको रक क्लाईम्बिङ्ग रेस्क्यु, गहिरा खाडल तथा खोचमा अड्केकाको हाई ल्याण्ड रेस्क्यू र पहिरोबाट विस्थापितको लागि आपतकालीन आवास निर्माण सम्बन्धी अभ्यास सञ्चालन गरिएको श्रीबक्स गुल्मले जनाएको छ ।
उक्त अभ्यासमा श्रीबक्स गुल्म, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, रेडक्रस, जिल्ला अस्पताल र अन्य सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
उक्त अभ्यासले मनसुन पूर्वको तयारी र विपद प्रतिकार्य सम्बन्धी जिल्लामा बनेका योजना कार्यान्वयन गराउन र विपदको बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
विपद जुनसुकै अवस्थामा पनि आउनसक्ने भएकोले पूर्वतयारी र स्थानीय बासिन्दालाई पनि सँगै राखेर अभ्यास गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विपद्को बेला परिचालित हुने जनशक्ति, उद्धार कार्यको लागि चाहिने स्रोतसाधनको प्रभावकारीता परीक्षण गरी तयारी अवस्थामा राख्न अभ्यास गरिएको छ । यसले पक्कै पनि विपद् न्यूनीकरण गर्न सहज हुनेछ । ‘ अभ्यास कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन र सरोकारवाला बीच अनुभव साटासाट पनि गरिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img