back to top
Home लाेकप्रिय समाचार बैतडीको पञ्चेश्वर–१ पूर्णखोप सुनिश्चित वडा घोषणा

बैतडीको पञ्चेश्वर–१ पूर्णखोप सुनिश्चित वडा घोषणा

0
341

बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चित घोषणाका सबै सूचक पूरा भएपछि एक कार्यक्रमको आयोजना गरेर पञ्चेश्वर गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले जानकारी दिए ।

वडाभित्र जन्मेदेखि १५ महिनामुनिका ९० जना र १६ महिनादेखि ५९ महिनासम्मका २ सय ९४ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको सार्कीले जानकारी गराएका छन।

गएको माघ २६ देखि फागुन ५ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए ÷नपाएको एकीन गरिएको थियो । वडाभित्रका बालबालिकाहरुले सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए छन।

आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here