spot_img

मातातीर्थ औंसीको अवसरमा विद्यालय द्वारा जेष्ठ आमाहरूलाई सम्मान

- Advertisement -

बैतडी:बैतडीको पाटन नगरपालिका वडा नं९ स्थित श्सिद्धेश्वर माध्यमिक विद्यालयले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनको अवसरमा विद्यालय सेवा क्षेत्रका जेष्ठ ६ जना आमाहरूलाई सम्मान गरेको छ।

विद्यालयले २०७३ सालदेखि हरेक वर्ष माता तिर्थ औँशीका दिन वृद्ध आमाहरुलाई आदरपूर्वक सम्मान गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउनुभयो ।

कार्यक्रममा आमाहरुलाई माला, टिका, खादा लगाई फलफूल र मिष्टान्न प्रदान गर्दै सम्मान गरिएको थियो। विद्यालय परिवारका अनुसार आमाहरूले स्नेह र संस्कारको बाटो देखाउने भएकाले उनीहरूको समर्पण र मायाप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्न कार्यक्रम आयोजना गरिएको हो।

“विद्यार्थीहरूले जेष्ठ आमाप्रतिको आदरभाव, संस्कार र सेवा भाव सिक्ने आशा लिएको शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद भट्टले बताउनुभयो।

विद्यालयले कुशे औँशीको अवसरमा जेष्ठ बुबाहरूलाई पनि सम्मान गर्दै आएको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img