बैतडी | वैशाख १३ (अप्रिल २६) : हरेक वर्ष विश्वभर मनाइने विश्व भेटेरिनरी दिवस नेपालमा पनि विभिन्न चेतनामूलक तथा पेशागत कार्यक्रमहरूगरि आज भव्य रूपमा मनाइँएको छ।
नेपाल भेटेरिनरी एशोसिएसन (NVA), पशु सेवा विभाग, निजी क्षेत्रका संस्थाहरू, तथा पशु चिकित्सकसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो।
दिवसका अवसरमा प्रदेशस्तरका पशु अस्पतालहरू, तथा क्याम्पसहरूद्वारा जनचेतनामूलक कार्यक्रमहरू, रेडियो तथा टेलिभिजन अन्तर्वार्ता लगायतका गतिविधिहरू आयोजना गरि मनाएको जनाएको छ।
यस्तै दिवसको अवसरमा बैतडी स्थित पाटनमा रहेकोे भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पनि एक कार्यक्रमगरि दिवस मनाएको कार्यालयका प्रमुख गुमानी दत्त पन्तले बताउनुभयो ।
ग्रामीण क्षेत्रका नागरिकलाई विभिन्न परामर्श , तथा पशुपालन सम्बन्धि विविध गतिविधीहरु र किसान, पशुपालक तथा समुदायलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका जानकारी समेत गरेर कार्यक्रम सम्पन्न गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र बैतडीका प्रमुख पन्तले बताउनुभयो ।





