बैतडी, शिक्षक आन्दोलनका कारण बन्द रहेका सामुदायिक विद्यालयका विद्यार्थी निजी स्कुल तिर जान थालेपछि बैतडीको एक सामुदायिक बिद्यालयले विद्यार्थीलाई किताब वितरण गरेको छ ।
जिल्लाको पाटन नगरपालिका-९ मा पर्ने सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाडाँले गत शैक्षिक सत्रमा पढ्ने अहिले कक्षा बढेका बिद्यार्थीलाई किताब वितरण गरेको विद्यालय व्यवस्थाप समिति अध्यक्ष प्रेमसिह भाटले बताउनुभयो ।
निजि बिद्यालयहरुले गाउँगाउँ पुगेर सामुदायिक बिद्यालयका विद्यार्थी भर्नाका लागि लैजान थालेपछि केही समयपछि पढाई सुरु गर्ने भन्दै किताब वितरण गरेको व्यवस्थाप समिति अध्यक्ष भाटले बताउनुभयो ।
कार्यालय सहयोगी, निजी शिक्षक, नगरस्वंमसेवक शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको भाटले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थी कम भर्ना भए नगरपालिकाले मर्जको निति ल्याएको छ। पछि संख्या धेरै कम भए समस्या पर्न सक्ने भएकाले बिद्यार्थीलाइ किताव वितरण सुरु गरेको गरेका छौं । ‘
शिक्षकका केही मागमा हामीले समर्थन गरे पनि विद्यालयलाई समस्या पर्न थालेपछि पुस्तक वितरण गरेर स्वयंसेवक र नगर शिक्षकबाट सिकाइ सुरु गर्ने योजना बनाएको उहाँले बताउनुभयो । ‘२१ दिनसम्म शिक्षकहरुको आन्दोलनलाई सहयोग गरिएकै हो , अब बिद्यालयलाई समस्या भएको छ, हामीसंग नगरस्वंसेवक र निजी स्रोतका शिक्षक हुनुहुन्छ, उहाँहरुको सहयोगमा किताब वितरण गरेका हौं ‘ उहाँले भन्नुभयो । यसपालि सिद्धेश्वर मावि हुक्केडाडाँका ६ जना विद्यार्थीले निजि बिद्यालयमा भर्ना गरिसक्नुभएको उहाँले बताउनुभयो ।
पाटन नगरपालिकामा मात्र हैन जिल्लामा बन्द अरु विद्यालयका स्वयंसेवक शिक्षक, निजि स्रोतका शिक्षक र कार्यालय सहयोगी, विद्यालय कर्मचारीहरु अब एकमुष्ट हाजिर गर्ने की कसले हाजिर प्रमाणीत गर्ने भन्ने बिषयमा चिन्तित बनेकाे सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहनुभएका भाटले बताउनुभयो । आन्दोलनरत शिक्षकले भने हाजिर किताव नै काठमाण्डौ लगेर हाजिर गर्ने गरेका बुझिएको उहाँले बताउनुभयो ।
साथै पाटन नगरपालिका ३ स्थित सिगास मावि गौरीशंकर पोखरीमा पनि बैशाख १३ गते बिद्यालयमा नियमित पठनपाठन सुरु गर्नको लागि व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ समिति र सल्लाहकार समितिको संयुक्त बैठक बस्ने यो बिद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका भाटले बताउनुभयो ।
विद्यार्थी निजीमा जान थालेपछि सामुदायिक विद्यालयद्वारा पुस्तक वितरण
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









