बैतडीको पाटन नगरपालिकामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन थालिएको छ ।
पाटनका १० वटै वडाबाट नागरिकता सिफारिस अनलाइनको माध्यमबाटै संचालन भइरहेको पाटनका सूचना प्रविधी अधिकृत हिकेश बिष्टले बताउनुभयो ।
अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छिटो छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने अधिकृत बिष्टले बताउनुभयो ।
अनलाइनको माध्यमबाटै सिफारिसको काम हुने भएपछी सेवाग्राहीलाई सहज सेवा हुने अपेक्षा गरिएको पाटन नगरपालिकाका सामाजिक समिती सयोजक हरिस बिष्टले बताउनुभयो ।
जिल्लाका ६ ओटा स्थानीय तहहरुमा अनलाइन प्रणालीबाट नागरिकता सिफारिसको काम सुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्टले बताउनुभयो।
पाटन, दशरथचन्द, मेलौली, पुर्चाैडी नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अनलाइनबाट नागरिकता सिफारिस सुरु भैसकेको अपरेटर भट्टले बताउनुभयो।
नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपी लागि वडाबाटै अनलाइनको माध्यमबाट सिफारिस गर्न सकिने भट्टले बताउनुभयो ।
सेवाग्राहीलाई कागजात नमिलेर कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
प्रविधिको प्रयोग बढाउदै कार्यालयका सेवाहरुलाई प्रविधिमैत्री बनाउन र सेवाग्राहीहरुको सहजताका लागि नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
“ उहाँले भन्नभयो” नागरिकताको सिफारिस अनलाइनबाट दिन थालेपछि सेवाग्राहीलाई आवश्यक कागजात पुगे नपुगेको त्यही बेला वडा कार्यालयमै थाहा हुन्छ” त्यसकारण कागज कार्यालयमा पुगेर सेवाग्राहीले फिर्ता हुनुपरेन ।”
जिल्ला प्रशासन कार्यालयले बाँकी रहेका स्थानीय तहहरुमा पनि यो सेवा सञ्चालनको तयारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
वैशाख महिनाभित्र वडाअध्यक्ष र वडासचिवहरुलाई अभिमुखिकरण तालिम दिएर असारसम्म सवै स्थानीय तहहरुका वडाहरुमा नागरिकताको सिफारिस अनलाइनको माध्यमबाटै गरिने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।










